मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१७:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् ।  उद्घाटनपछि सभामुख सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ कारोबार गर्दा  विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

अबको युग डिजिटल प्रविधिको प्रयोगतर्फ गइरहेकाले डिजिटल बैंकिङ कारोबारबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै डिजिटल बैंकिङमा जोड दिनुपर्ने उनको भनाइ थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आमनागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए । 

बैंकले हाल ७७ जिल्लामा दुई सय ५५ शाखा, दुई सय १८ एटिएम र ९८ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।