१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जनकपुर र बर्दिवासमा भायानेटको सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१०:००

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवाप्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर र बर्दिवासमा सेवा सुरु गरेको छ । यसका साथै कम्पनीको इन्टरनेट र टेलिभिजन सेवा देशका २४ सहरमा सुरु भएको छ ।  

जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तार गरेको अवसर पारेर कम्पनीका सिइओ सेवा पाठकले ग्राहकलाई उच्चकोटी तथा उच्च क्षमताको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त रहेको बताइन् । कम्पनीका प्राविधिकहरू हरहमेसा त्यही लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेको उनको भनाइ छ ।

 सेवा सुरु गरेको अवसर पारेर कम्पनीले एकवर्षे सेवा लिने ग्राहकलाई चार महिना तथा तीन महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई दुई महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ । यसका साथै पहिलो एक सयजना वार्षिक ग्राहकलाई ४८ जिबी मोबाइल डेटा जगेडा भएको एनसेलको सिमकार्ड सित्तैमा प्रदान गर्ने जनाइएको छ । 

भायानेट नेपालमा फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो कम्पनी भएको दाबी गरेको छ । सन् २०१६ मा नेपालमा पहिलो आइपी टिभी सेवा पनि सुरु गरेको जनाइएको छ । तीव्र गतिको इन्टरनेट सेवाप्रदायकका रूपमा कम्पनीले आइएसओ ९००१ः२०१५ प्रामाणिक भएको जनाएको छ ।