मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०८:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०८:०२:००

नेपाली सेना र अमेरिकी सेनाबीच छाउनीस्थित महावीर (रेन्जर) गणमा बुधबारबाट संयुक्त तालिम अभ्यास सुरु भएको छ । एक्स टिक नेल २२ नाम दिइएको सैन्य अभ्यास १४ मंसिरसम्म सञ्चालन हुनेछ । 

कोभिड– १९ को महामारीपछि नेपाली र अमेरिकी सेनाबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास भएको हो । अघिल्लो महिना ४ देखि १७ असोजसम्म भारतको पिथौरागढमा नेपाली र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास भएको थियो । अर्को छिमेकी मुलुक चीनसँग भने तत्काल सैन्य अभ्यास नहुने भएको छ । सन् २०२२ को मध्यपछि कोरोनाको विश्वव्यापी परिस्थिति हेरेर छलफल गर्न सकिने चिनियाँ कूटनीतिक स्रोतले जनाएको छ । 

नेपाली र अमेरिकी सेनाबीच नेपाली सेनाको विशेष फौज बाहिनीअन्तर्गतको विशेष फौजसँग संयुक्त अभ्यास भएको हो । रेन्जर गणमा अमेरिकी सेनाले यसअघि पनि विभिन्न प्रकारका तालिम दिँदै आएको छ । सैन्य अभ्यास शुभारम्भमा विशेष बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाह तथा अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डका अधिकारी सहभागी रहेको नेपाली सेनाले जनाएको छ । 

सैन्य अभ्यासमा नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरूमध्येबाट करिब ५० जना तथा अमेरिकी सेनाका करिब २० जना सहभागी छन् । सेनाका अनुसार काठमाडौं, पोखरा र अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा यो तालिम आयोजना हुनेछ । तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारजस्ता विषयहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउने उद्देश्य रहेको सेनाले जनाएको छ ।