मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १७ शुक्रबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रियसभाबाट मन्त्री अधिकारीको शोक प्रस्ताव पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १७ शुक्रबार १४:१६:००

राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरेको छ । 

शोक प्रस्तावमा भनिएको छ, ‘मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपश्चात् पाथीभरा देवीको दर्शन गरी काठमाडौं फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ ।’ 

२०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित सदस्य अधिकारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय सदस्य थिए । युवा अवस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय अधिकारी व्यवस्थापिका–संसद्को विकास समितिको पूर्व सभापतिसमेत थिए ।

बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । शोक प्रस्ताव पारित गरेसँगै आजको बैठक सकिएको छ । अर्को बैठक फागुन १९ गते आइतबार १ बजे बस्ने छ ।