मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १५ सोमबार ०६:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘टिभिएस रेडर’ मोटरसाइकलको बुकिङ खुला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १५ सोमबार ०६:२३:००

जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटर कम्पनीको १२५ सिसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टिभिएस रेडरको बुकिङ खुला गरेको छ । कम्पनीले मोटरसाइकल सार्वजनिक गरेसँगै बुकिङ पनि खुला गरेको हो । यो मोटरसाइकल सार्वजनिक नयाँ स्पोर्टी, एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलइडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधासहितको रहेको जनाइएको छ । 

नयाँ बाइक सार्वजनिक गर्दै टिभिएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस अध्यक्ष, आर दिलीपले आफ्ना उपभोक्तालाई निरन्तर रूपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरू उपलब्ध गराउँदै आइरहेको बताए । नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन कम्पनीले नयाँ सौगातका रूपमा १२५ सिसी क्षमताको टिभिएस रेडर नेपालमा सार्वजनिक गरेको उनको भनाइ थियो । उनले भने, ‘नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजारका रूपमा रहेको छ । यहाँका हाम्रा युवा उपभोक्ताहरूका निम्ति नयाँ उत्पादनहरू पस्कन पाउँदा हामी निकै उत्साहित छौँ ।’

 विशेषता
टिभिएस रेडरमा कम्पनीको नवप्रवर्तनात्मक डिजाइन, पृथक् र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको कम्पनीले जनाएको छ । बलियो र कलात्मक ट्यांकले टिभिएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको दाबी गरिएको छ । दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फूर्तिलो रहेको कम्पनीको भनाइ छ । 

यसमा रहेको १२४.८ सिसी एयर तथा आयल कुल्ड थ्रिभी इन्जिनले ६५ सय आरपिएममा ११.५ एनएम टर्क र ८ हजार आरपिएममा १२.९ पिएस अधिकतम शक्ति उत्सर्जन गर्ने जनाइएको छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलोमिटर प्रतिघन्टाको एक्सिलिरेसन मात्र ५.७ सेकेन्डमा प्राप्त गर्ने कम्पनीको दाबी छ । यसमा ग्यास चाज्र्ड फाइभ स्टेप एड्जस्टेबल मोनो सक सस्पेन्सन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ इन्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ ।