मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १४ आइतबार १२:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता थापा भन्छन्- संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असफल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १४ आइतबार १२:०७:००

वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्।  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एसाेसिएसनले आयोजना गरेकाे धर्नापछि बारका पूर्वअध्यक्षसमेत रहेका थापाले प्रधानन्यायाधीश जबरा असफल भएको टिप्पणी गरेका हुन्।

जबराले आफ्नो कामको मूल्यांकन आफैँ गर्न नसक्ने भए पूर्वप्रधानन्यायाधीशहरूको एउटा इजलास गठन गर्न पनि जबरालाई चुनौती दिएका छन्।

‘यदि तपाईं आफ्नो कामकारबाहीको मूल्यांकन गर्न सक्नुहुन्न भने पूर्वप्रधानन्यायाधीशहरूको एउटा इजलास गठन गरौँ। तपाईं एकातिर हामी एकातिर उभिन्छौँ, अनि थाहा भइहाल्छ।  हामी राजनीतिक दललाई गुहार गर्दैनौँ,’ थापाले भने।