मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक १३ शनिबार ०८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पाका आठमध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १३ शनिबार ०८:३४:००

डोल्पाको आठ  स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा नेकपा एमालेले अधिवेशन सम्पन्न गरेको छ। छ वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा,गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ ।ठुलीभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ।आइतबारसम्म नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको एमाले डोल्पाले जनाएको छ। त्यसैगरी मुड्केचुला,जगदुल्ला,शे–फोक्सुण्डो र काइके गाउँपालिकामा पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए ।

सबै नेतृत्वहरु सर्वसम्मत रुपमा चयन गरिएको उनको भनाई छ। डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पन हुने बुढाको बताए।