१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १२ शुक्रबार १०:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १२ शुक्रबार १०:५३:००

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। नोभेम्बर १ र २ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप– २६) को २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा आज बिहान साढे १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी– एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लन्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। बेलायतमा पूर्वनिर्धारित विभिन्न कार्यक्रममा सहभागी भएर प्रतिनिधिमण्डल नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ को बिहान स्वदेश आइपुग्नेछन्।