मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १३:०१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भीमबहादुर विकको न्यायका लागि माइतीघरमा र्‍याली

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १३:०१:००

चितवनका भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनले बिहीबार विरोध र्‍याली निकालेका हुन्।

प्रदर्शनमा सहभागीहरूले सबैखाले विभेदको अन्त्य गर्न र छुवाछुतका कारण हत्या गरिएका विकको न्यायको माग गरेका छन्। प्रदर्शनमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

भरतपुर नगरपालिकाका ५८ वर्षीय विकको गत असोज २८ मा मन्दिर प्रवेश गर्न पाउनुपर्ने विषयमा भएको विवादमा स्थानीयको कुटपिटका कारण मृत्यु भएको थियो। जातिय छुवाछुतकै कारण विकले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो।