Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १० बुधबार १३:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवाञ्छित लाञ्छना लागेमा प्रधानन्यायाधीशले इजलासबाट पन्छिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १० बुधबार १३:३६:००

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन्। बुधबार न्युज एजेन्सी नेपालसँग पूर्वप्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताएका हुन्।

उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए। उनले प्रधानन्यायाधीशको कुराहरू निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताए। 

पूर्वप्रधानन्यायाधीश पराजुलीले भने, ‘... अहिले सुझबुझको वेला हो। न्यायालय र न्ययाधीशको उच्चतम अन्डरस्ट्याडिङमा चल्ने प्राणी हो। यदि राजनीतिक पार्टीहरूले प्रधानन्यायाधीशलाई हटाउने भनेको कुरा चानचुने कुरा होइन। प्रधानन्यायाधीशले गल्ती गर्नै पाउँदैन, प्रधानन्यायाधीशले गरेका गल्तीहरू वस्तुनिष्ठ छन् भने अल पोल्टिकल पार्टीले डिस्कसन गरेर एउटा निकास लिन सक्नुपर्छ। महाभियोगले केही गर्न सक्दैन भन्ने हो भने त्यसले निकास दिन सक्दैन।

प्रधानन्यायाधीश जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिनँ र आफूमाथि लागेका आरोपहरूको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने उनको धारणा छ।