मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक १० बुधबार ०८:२६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमाले पालिका अधिवेशन : लमजुङका सात पालिकामा नेतृत्व सर्वसम्मत

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १० बुधबार ०८:२६:००

नेकपा एमालेले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आठ स्थानीय तह रहेको लमजुङमा मर्स्याङ्दी गाउँपालिकामा तयारी नपुगेका कारण बुधबार अधिवेशन हुने भएको हो । जिल्लाको बेंसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्व्होँलासोथर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

बेंसीसहर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट राजकुमार विष्ट सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगर कमिटीको उपाध्यक्षमा दुर्गा बुढाथोकी, सचिवमा शरद बराल, उपसचिवमा बुना रिमाल र वीरेन्द्र गुरुङ, मध्यनेपाल नगर कमिटीको अध्यक्षमा योगेन्द्रनारायण शाह, उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा विष्णुभक्त पौडेल, उपसचिवमा शारदा शाखी र सूर्यबहादुर नेपाली रहेका छन् ।

यस्तै राईनास नगर कमिटीको अध्यक्षमा पूर्ण गुरुङ, उपाध्यक्षमा ध्रुव अक्केला, सचिवमा बलराम घिमिरे, उपसचिवमा अनन्त त्रिपाठी र शान्त न्यौपाने चयन भएका छन् । यस्तै सुन्दरबजार नगर कमिटीको अध्यक्षमा भीम गुरुङ चयन भएका छन् । यस्तै, दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी, उपाध्यक्षमा मान गुरुङ, सचिवमा अम्बिका मरहट्ठा, उपसचिवमा लालमाया मिजार र उपसचिवमा नेत्र गुरुङ चयन भएका छन् । 

यस्तै, क्व्होँलासोथर गाउँ कमिटीको अध्यक्षमा  नारायण गुरुङ, उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा गीतबहादुर गुरुङ, उपसचिव आस्विर गुरुङ चयन भएका छन् । जिल्लाको दूधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुलबहादुर तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन भएका छन् भने मर्स्याङ्दी गाउँपालिकामा तयारी पूरा नभएकाले बुधबार अधिवेशन हुने नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताए ।