मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १० बुधबार ०७:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन देउवाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १० बुधबार ०७:१६:००

कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूसँगको छलफलमा प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचन समितिलाई यस्तो निर्देशन दिएका पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘पार्टी सभापतिले स्पष्ट रूपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ, तपाईंहरूले यो प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस् र मंसिरभित्र महाधिवेशन गरिसक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ । र, त्यहीअनुरूप तपाईंहरूले कार्यतालिकाका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनुभएको छ,’ महतले भने ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी ९–१२ मंसिरसम्म काठमाडौंमा गर्ने तय गरेको थियो । तर, तल्लो तहको अधिवेशनमा ढिलाइ भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी कार्यतालिका तय गर्न निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।