१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १० बुधबार ०६:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेढ वर्षपछि वीरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १० बुधबार ०६:०८:००

कोभिड महामारीपछि वीर अस्पतालमा पूर्ण रूपमा बन्द रहेको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । डेढ वर्षदेखि बन्द रहेको प्रत्यारोपण सेवा मंगलबारदेखि सुरु गरिएको हो । सिरहाका ५० वर्षीय एक पुरुषको मिर्गौला प्रत्यारोपण गरेर अस्पतालले सेवा सुरु गरेको जनाएको छ ।

डायलाइसिस गराइरहेका ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । कोरोना महामारी सुरु भएपछि प्रभावित बनेको मिर्गौला प्रत्यारोपण सेवा भक्तुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र भइरहेको थियो ।

संक्रमणको जोखिम नियन्त्रण हुँदै गए पनि प्रत्यारोपण सेवा सञ्चालन हुँदै आएका त्रिवि शिक्षण अस्पताल र वीरमा यो सेवा बन्द थियो । सरकारी अस्पतालमा निःशुल्क डायलाइसिस र प्रत्यारोपण हुने भए पनि मिर्गौला फेल भएका बिरामी महिनौँ पालो कुर्न बाध्य थिए ।

अस्पतालले हरेक मंगलबार एकजनाको मिर्गौला प्रत्यारोपण गरिने जनाएको छ । वीरमा मिर्गौला प्रत्यारोपणका लागि धेरै भिड नरहेकाले साताको एक दिन मात्रै राखिएको अस्पतालले जनाएको छ । वीर अस्पतालमा हाल ७० जना बिरामीले नियमित डायलाइसिस गराइरहेका छन् । यस्तै अस्पतालले कोभिड, एचआइभी र हेपाटाइटिस बी संक्रमितलाई समेत डायलाइसिस सेवा दिँदै आएको छ ।