Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक ९ मंगलबार १८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल भएको छैन : प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ९ मंगलबार १८:४२:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायलयको स्वतन्त्रता र गरिमामा कहीँकतैबाट आँच आउन नदिन सबै सतर्क हुनुपर्ने बताएका छन्। भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले वर्तमान अवस्थामा न्यायालयको विषयमा चलेको द्वन्द्व पनि एक दुई दिनभित्र निष्कर्षमा पुग्ने उनले बताए। 

‘एउटा मन्त्रीको विषयलाई लिएर यो विवाद सुरु भयो। गठबन्धनमा हामीले उक्त मन्त्री पद कांग्रेसको कोटाबाट कांग्रेसको प्रतिनिधिलाई दिएका थियौँ। तर, उहाँले राजीनामा दिएपछि परिस्थिति नयाँ बन्यो,’ उनले भने, ‘गठबन्धनले एक दुई दिनमा यस विषयमा आफ्नो धारणा प्रस्ट गर्छ।‘ पार्टी र गठबन्धनमा न्यायालय प्रमुखलाई महाअभियोग लगाउने विषयमा कुनै छलफल र चर्चा नभएको समेत उनले बताए।