मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेल भन्छन्– प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयको मामिलामा हस्तक्षेप गर्दैनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १८:२२:००

प्रमुख सत्तारुढ दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका हुन् । 

उनले न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताए । पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता रहेको पनि बताए । उनले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौँ, हस्तक्षेप गर्न चाहेको होइन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै चर्को आलोचना भइरहेको छ । हमालले राजीनामा दिइसकेका छन् । सर्वोच्चका न्यायाधीशले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने  माग गरिरहेका छन् ।