१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यसमिति बैठक बोलाउन रामचन्द्र पौडेलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १७:३०:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा पौडेलले महाधिवेशन कार्यतालिका हेरफेर  तथा महाधिवेशन तयारी समिति र उपसमिति बनाउन कार्यसमिति बैठक आवश्यक भएको बताएका हुन् । 

बैठकमा केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रभावित भएको विषय उठाएको थियो । केन्द्रीय कार्यसमितिले कार्यतालिका बनाएको स्मरण गर्दै पौडेलले फेरफेर गर्न पनि केन्द्रीय कार्यसमिति बैठक आवश्यक रहेको बताएको बैठकपछि जानकारी दिए । 

कांग्रेसको १४औँ महाधिवेशन ९ देखि १२ मंसिरमा गर्ने तय गरिएको छ । त्यसअघि प्रदेशसहित तल्ला तहका अधिवेशन गर्नुपर्नेछ । तर, कतिपय स्थानमा तल्ला तहका अधिवेशन नै भएका छैनन् । 

बैठकमा सभापति शेरबहादुर देउवाले मंसिरसम्म जसरी पनि महाधिवेशन गर्न निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।