मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ९ मंगलबार १०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवादबीच प्रधानन्यायाधीशले तोके संवैधानिक इजलाससम्बन्धी मुद्दाको सुनुवाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ९ मंगलबार १०:४३:००

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न माग गरिएको मुद्दामाथि सुनुवाइ तोकेको छ। इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने भन्दै अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको मुद्दामा आजका लागि पेसी तोकेको हो। प्रधानन्यायाधीश जबराले मुद्दामाथि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलास तोकेका छन्।

डा. रेग्मीले भदौ १६ मा दर्ता गराएको मुद्दामा भदौ १७ मा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न आदेश गरेको थियो। आदेशमा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनबाट चार वरिष्ठ अधिवक्तालाई एमिकस क्युरी (अदालतका सहयोगी) झिकाउने आदेश गरेको थियो। तर, दुवै बारले एमिकस क्युरी नपठाएपछि मुद्दामाथिको सुनुवाइ अगाडि बढ्न सकेको छैन। संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको विषयलाई लिएर प्रधानन्यायाधीश जबराको चर्को आलोचना हुँदै आएको छ। 

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद् सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।

तत्पश्चात् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए। एकल इजलासको यस्तो आदेशपछि संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ अनिश्चित बन्दै आएको छ।