मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक ८ सोमबार १६:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेट, उपनिर्वाचनबारे छलफल

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ८ सोमबार १६:१०:००

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटघाट तथा छलफल भएको छ। सोमबार प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भएको भेटमा प्रतिनिधिसभाका रिक्त चार सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगका अनुसार भेटमा आगामी फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्य पदको निर्वाचनको मिति तोक्नेबारे, स्थानीय तहको आगामी निर्वाचनबारे पनि छलफल भएको छ। छलफलका क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदको निर्वाचन मिति सरकारले चाँडै नै तोक्ने साथै उपनिर्वाचनका विषयमा दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन्। 

छलफलमा प्रधानमन्त्री देउवाले एकीकृत निर्वाचन कानुनसम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाउने पनि बताएको निर्वाचन आयोगले जानकारी दिएको छ।