मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक ८ सोमबार १४:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको वैधानिकता संकटमा पर्ने खतरा छ : वरिष्ठ नेता पौडेल

आगामी महाधिवेशनमा सभापतिको सर्वसम्मत उम्मेदवार हुँ

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ८ सोमबार १४:४९:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधानिकता संकटमा पर्ने खतरा औँल्याएका छन्। उनले तालिकाअनुसार दसैँअगाडि वडा र पालिकास्तरीय अधिवेशन सक्नुपर्ने भए पनि अहिलेसम्म सम्पन्न हुन नसक्नु दुःखद भएको बताए। नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ९ मंसिरदेखि महाधिवेशन गर्नैपर्ने कानुनी बाध्यता रहेको बताए। ‘११–१३ मंसिरसम्म महाधिवेशन सम्पन्न गरी केन्द्रीय समितिको निर्वाचन सक्नुपर्ने कानुनी बाध्यता छ। यो अवधिमा महाधिवेशन भएन भने वैधानिक संकट आउने खतरा छ,’ उनले भने । 

पार्टीको आसन्न १४औँ महाधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार भएकोसमेत पौडेलले बताए । उनले अन्य नेताले पनि सभापतिको आकांक्षा गर्नु स्वाभाविक भएको बताउँदै अन्तिममा आफ्नो समूहबाट एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पारे । ‘म १३औँ महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक पनि आफ्नो समूहको म नै सर्वसम्मत उम्मेदवार हुने पक्का छ,’ पौडेलले भने । 

उनले पार्टी संकटमा पर्न सक्ने खतरा भए पनि नेतृत्व गम्भीर नभएको आरोप लगाए । कार्यसमिति बैठक बोलाउन पटक–पटक आग्रह गर्दासमेत सभापतिले सुनुवाइ नगरेको बताउँदै उनले अहिलेसम्म कार्यसमिति बैठक बस्न नसक्नु  दुर्भाग्य भएको बताए। 

उनले विधि र विधानको सही सदुपयोग नभएकै कारण अहिले सेटिङको कुरा बाहिर आएको बताए। उनले न्यायालयमा समेत सेटिङ हुनु दुर्भाग्य भएको बताए । ‘प्रधानन्यायाधीशले आफूमाथि लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नुपर्छ,’ उनले भने। 

पश्चिम क्षेत्रका बाढी तथा पहिरोपीडितको अवस्था बुझ्न आएका वरिष्ठ नेता पौडेलले बाढीपहिरोपीडितलाई उचित राहत र क्षतिपूर्ति दिनुपर्ने बताए।