मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ८ सोमबार ११:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश र नेपाल बारबीच समसामयिक विषयमा छलफल : सर्वोच्च अदालत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ८ सोमबार ११:१८:००

सर्वोच्च अदालतले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एसाेसिएसनका प्रतिनिधिबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिएको छ। सर्वोच्चले विज्ञप्ति निकालेर बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीहरूले पछिल्लो अवस्था र समस्याका सन्दर्भमा बारका निर्णयबारे ध्यानाकर्षणसहित आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिएको हो।

‘बार एसाेसिएसनले प्रस्तुत गरेको धारणा र समसामयिक विषयहरूउपर गम्भीर रूपमा छलफल भएको थियो। सो अवसरमा सम्माननीय प्रधान न्यायाधीशज्यूले न्यायपालिकाको स्वच्छता एवं अदालतप्रतिको आस्था र विश्वासमा कुनै किसिमको प्रतिकूल प्रभाव पर्न नदिन आफू प्रतिबद्ध रहेको र न्यायपालिकाको गरिमा बचाइराख्न संवेदनशील रहँदै क्रियाशील रहने जानकारी गराउनुभयो,’ प्रवक्ता बाबुराम दाहालले निकालेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, बारले उठाउँदै आएको न्यायपालिका सुधारसम्बन्धी समितिको प्रतिवेदनहरूको कार्यान्वयन तथा वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेलगायतका समसामयिक विषयको छलफललाई निरन्तरता दिने गरी भेटघाट सम्पन्न भएको सर्वोच्चले जानकारी गराएको छ।