मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक ७ आइतबार १५:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले बारका पदाधिकारीसँग भने– मन्त्रिपरिषदमा भागबन्डा खोजेको थिइनँ, नाम जोडिएपछि मन्त्री नबनाउन भनेको हुँ 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार १५:५७:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमा आफूले भागबन्डा खोजेको विषयमा सत्यता नरहेको दाबी गरेका छन्। नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा उनले यसमा कुनै सत्यता नरहेको बताएका हुन्। 

भेटबारे जानकारी दिँदै बारका महासचिव लीलामणि पौडेलले मन्त्रिपरिषद् विस्तारमा नाम जोडिएकोबारे जिज्ञाशा राख्दा प्रधानन्यायाधीशले यसमा आफ्नो भूमिका नरहेको बताएका हुन्। प्रधानन्यायाधीश जबराले आफ्नो नाम जोडिएपछि भने हमाललाई मन्त्री नबनाउन भनेको बारका पदाधिकारीसँग बताएका छन्। 

 ‘मैले मेरो जेठान (गजेन्द्र हमाल)लाई मन्त्री बनाउनु भनेको छैन। मिडियामा समाचार आएपछि मैले प्रधानमन्त्रीलगायतलाई भनेर मन्त्री नबनाउन भनेको थिएँ । यसमा मेरो संलग्नता छैन। उहाँसँग नाता जोडिनु मेरो दुर्भाग्य । उहाँ आफैँ कांग्रेसमा सक्रिय परिवारबाट आउनुभयो र त्यो भूमिका बनाउनुभएको हो,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै पौडेलले भने।