Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक ७ आइतबार १४:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोमबार प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाउने, बारका प्रतिनिधि पनि सहभागी हुने 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार १४:३४:००

सोमबार साढे १ बजे प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाउने भएका छन्। नेपाल बार र प्रधानन्यायाधीशबीच आइतबार भएको भेटपछि प्रधानन्यायाधीश राणाले फुलकोर्ट बैठक बोलाउने भएका हुन्।

उक्त बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी हुन प्रधानन्यायाधीशले आमन्त्रण गरेको नेपाल बारका सचिव लीलामणि पौडेलले बताए। उनले प्रधानन्यायाधीश राणाले आफूले जेठानलाई मन्त्री बनाउन नभनेको विषयमा पनि जानकारी गराएको बताए। प्रधानन्यायाधीशलाई उद्धृत गर्दै उनले भने, ‘मैले मेरो जेठानलाई मन्त्री बनाउनु भनेको छैन । मिडियामा समाचार आएपछि मैले प्रधानमन्त्रीलगायतलाई भनेर मन्त्री नबनाउन भनेको थिएँ। यसमा मेरो संलग्नता छैन। उहाँसँग नाता जोडिनु मेरो दुर्भाग्य। उहाँ आफैँले कांग्रेसमा त्यो भूमिका बनाउनुभएको हो।’ 

भेटका क्रममा प्रधानन्यायाधीशले  न्यायाधीश नियुक्तिमा पनि सुधार ल्याउने प्रतिबद्धता जनाएको पनि उनले बताए ।