मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार ११:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल बारको टोली प्रधानन्यायाधीशसँगको छलफलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार ११:५९:००

नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेका छन्। बारका प्रतिनिधि र प्रधानन्यायाधीशबीच अहिले भेटवार्ता जारी छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार साढे ११ बजे बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशसँग छलफल गरिरहेको छ।

कात्तिक ५ मा बसेको बार बैठकको प्रधानन्यायाधीशको पछिल्लो विवादको विषयमा भेटेरै प्रस्ट हुने निर्णय गरेको थियो। बारका सचिव लीलामणि पौडेलका अनुसार प्रधानन्यायाधीशसँगको भेटमा समसामयिक र समग्र विषयमा छलफलका विषय रहेका छन्। छलफलपछि बारले यस विषयमा थप निर्णय लिने जनाएको छ।

बार बैठकले न्यायालयको सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले दिएको सुझावअनुसार तत्काल गोलाप्रथाबाट पेसी तोक्ने र भविष्यमा स्वचालित पेसी प्रणालीको कार्यान्वयनको प्रतिबद्धताका लागि १५ दिनको अल्टिमेटम दिएको थियो। भेटमा प्रतिवेदन कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको छ। 

सर्वोच्च नेतृत्वले प्रतिवेदन तत्काल लागू गराउने प्रतिबद्धता नगरेमा न्यायिक नेतृत्वलाई विश्वास गर्न नसकिने अवस्था आउने चेतावनी बारले दिएको छ। बारले प्रतिवेदन लागू गर्ने सम्बन्धमा प्रधानन्यायाधीशले प्रतिबद्धता जनाए पनि दुई महिनासम्म फुलकोर्टबाट निर्णय नगराएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।