Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ६ शनिबार २०:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करिब ६ हजार वडामा एमालेको अधिवेशन सम्पन्न, रोकिएका वडा अधिवेशन एक हप्ताभित्र हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ६ शनिबार २०:२८:००

प्रमुख प्रतिपक्षी दल एमालेले करिब ६ हजार वडामा एकैसाथ वडा अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढीपहिराेका कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको बताए । 

‘करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्यांकन रहेको छ,’ उनले भने, ‘हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण संकलन हुँदै छ ।’ 

वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । 

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ५ हजार ७४३ वडा रहेका छन् । उनले बाढीपहिराेका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए । देशैभरिका वडा अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी ओलीले गरेका थिए । 

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर ९ कात्तिकमा पालिका अधिवेशन गर्नेछ । आगामी १० देखि १३ मंसिरमा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । रासस