१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सोनी राई
२०७८ कार्तिक ६ शनिबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेरापिकमा बेपत्ता आरोहीको खोजीकार्य मौसमका कारण प्रभावित

Read Time : < 1 मिनेट
सोनी राई
२०७८ कार्तिक ६ शनिबार १७:२१:००

सोलुखुम्बुको मेरापिकमा बेपत्ता बनेका छेतेन शेर्पाको खोजीमा आएको अन्तर्राष्ट्रिय पर्यटक गाइडको टोली मौसम प्रतिकूल हुँदा काठमाडौं फर्किएको छ। तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आएको हवाई जहाज मौसम प्रतिकूल हुँदा अवतरण नभई काठमाडौं फर्किएको हो। 

तीनजनाको टोली लुक्लामा अवतरण हुन नसकेको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए। ५ दिनदेखि मेरापिक आरोही छेतेन शेर्पा बेपत्ता छन्। उनको खोजीका लागि ट्रेकिङ एजेन्सिज एसाेसिएसन नेपाल टान, नेपाल माउन्टेनरिङ एसोसिएसन र  एडभेन्चर भिक्टोरीका साथै प्रशासनको समन्वयमा पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा ७ जनाको टोली खोजीका लागि जान लागेको एडभेञ्चर भिक्टोरीका सञ्चालक लक्ष्मणमिसन कार्कीले बताए। 

टोली काठमाडौंमा रहेको र मौसममा सुधार हुनासाथ लुक्ला आउनेछ। अत्याधुनिक प्रविधि, सुरक्षा कवजलगायतका अवाश्यक सामाग्रीका साथ खोजीका लागि टोली जान लागेको हो। अहिले शेर्पा गाइडको टोलीले दैनिक रूपमा नै छेतेनको खोजी गरिरहेको छ। 

यसअघि हेलिकाेप्टरबाट खोजी भए पनि सफल हुन सकेको थिएन ।  छेतेन मेराला ओडारबाट हाइक्याम्प गएको भन्ने कुरा आए पनि उनी समिटबाट हाइक्याम्प नै आइनपुगेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मणमिसन कार्कीले बताएका छन् ।