Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ कार्तिक ६ शनिबार ०६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कुशवाहमाथि दुर्व्यवहार घटना : पक्राउ परेका कार्यकर्ता छुटाउन  राउतद्वारा भाटासहितको प्रदर्शन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ कार्तिक ६ शनिबार ०६:०९:००

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको जनकपुर कार्यालयका निमित्त प्रमुखमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको छ । 

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहलाई कार्यालयमै कुटपिट गरी हिलो छ्यापेर अर्धनग्न बनाई नगर परिक्रमा गराएका थिए । त्यसक्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । तिनै कार्यकर्ताको रिहाइको माग गर्दै राउतको पार्टीले शुक्रबार जनकपुरमा प्रदर्शन गरेको हो । 

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध अपराधी प्रवेश र अपराधी उपद्रवको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । सो पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी संघका अध्यक्ष विजय यादव प्रहरी हिरासतमा छन् । यस्तै, नेताहरू सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेशरजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल पनि प्रहरीको नियन्त्रणमा छन् । 

प्रदर्शनमा सहभागी गराउन जनमत पार्टीले धनुषा, महोत्तरी, सर्लाही बारा, सिराहा, सप्तरीका गाउँगाउँबाट कार्यकर्ता जम्मा गरेको थियो । अधिकांश हातहातमा भाटा बोकेर प्रदर्शनमा सहभागी भएका थिए । स्थानीय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा बनाएको थियो । धनुषा प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जिल्लामा कुनै प्रकारको हिंसात्मक घटना नहोस् भन्नेमा सुरक्षा निकाय सतर्क रहेको बताए । 

यस्तै, कुशवाहमाथि गरिएको दुव्र्यवहारको विरोधमा शुक्रबार कर्मचारीहरूले पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् । नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेसी डेमोक्रेटिभ सोसाइटीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले कुशवाहलाई न्याय दिन तथा सिके राउतलाई कारबाही गरी उनको इन्जिनियर दर्ता खारेज गर्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरे ।