मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार १९:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार १९:१०:००

एमालेको १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् । 


आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले बताए । सहमति कार्यान्वयन नहुँदै केन्द्रीय सदस्य मनोनीत गरिएकोमा पनि रावलले असन्तुष्टि जनाएका छन् ।

माधवकुमार नेपाल पक्षमा रहेका दोस्रो तहका नेता १०बुँदे सहमति भएसँगै एमालेमै बसेका थिए । नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ । तर, १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।