१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ कार्तिक ५ शुक्रबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको स्वास्थ्य अवस्था जटिल

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ५ शुक्रबार १७:४२:००

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको स्वास्थ्य अवस्था जटिल बनेको छ।
उच्च रक्तचापका कारण मस्तिकघात भएर विराटनगरको न्यूरो अस्पतालमा उपचाररत उनको अवस्था जटिल बनेको हो। गत बुधबार मस्तिष्कघात भएपछि भेन्टिलेटरमा राखेर न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेकोमा उनलाई घर ल्याइएको हो।
२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक समेत हुन्। उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थिए। 


*यस अघि प्रकाशित समाचारमा असावधानिवस तथ्य फरक परेकोले सच्याइएको छ।