मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ कार्तिक ५ शुक्रबार १४:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीभित्र कसैले कसैलाई ‘तँ’ नभन्न गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ कार्तिक ५ शुक्रबार १४:३१:००

प्रहरी संगठनभित्र ‘सम्मानार्थी’ भाषा प्रयोग गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सुरक्षा निकायका प्रतिनिधिसमेतको उपस्थिति रहेको कार्यक्रममा बोल्दै उनले संगठनभित्र मात्र नभई सेवाग्राहीसँग समेत सम्मानजनक भाषाको प्रयोग गर्न निर्देशन दिएका हुन्। 

प्रहरी संगठनमा माथिल्लो दर्जाका कतिपय कर्मचारीले तल्लो दर्जाका कर्मचारीलाई ‘तँ’ सम्बोधन गरेर बोलाउने परम्परा छ। यस्तो नगर्न मन्त्री खाणले अनुरोध गरेका छन्। गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाललगायतको सहभागिता रहेको कार्यक्रममा मन्त्री खाणले सुरक्षा निकायहरूमा ‘तँ’ भन्ने शब्दको प्रयोग नगर्न निर्देशनसमेत दिएका छन्।

उनले संगठनको छवि राम्रो बनाउन प्रयोग गरिने भाषा र बोली व्यवहारको महत्वपूर्ण भूमिका रहने भन्दै एकले अर्कालाई सम्मान गर्नुपर्ने बताए। ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्ने छैनन्,’ उनले भने, ‘संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्छ।’