मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस न्युयोर्क
२०७८ कार्तिक ४ बिहीबार १५:५३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

Read Time : < 1 मिनेट
रासस न्युयोर्क
२०७८ कार्तिक ४ बिहीबार १५:५३:००

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।  बहुचर्चित सामाजिक सञ्जालहरू ट्विटर र फेसबुकले आफ्नो आधिकारिक ‘एकाउन्ट’ हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन्।

अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका वेला तत्कालीन राष्ट्रपति ट्रम्पले आफैँ भ्रम फैलाएको, सामाजिक सदभावलाई असर पारेकोलगायतका आरोप लगाउँदै ती सामाजिक सञ्जालहरूले उनको एकाउन्ट हटाइदिएका थिए। ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए। 

उनीहरूले हटाएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरू सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाइन सञ्चालन गरेका थिए। तर, त्यो पनि केही समयपछि बन्द भएको छ। आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेका बताइएको छ।

उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम ‘ट्रुथ सोसियल’ राख्ने तय भइसकेको उनको सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टिएमटिजी)ले गर्नेछ। उक्त सञ्जालमा भिडियो प्रसारण सेवा पनि समावेश गरिनेछ। भिडियो सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टिएमटिजीले जानकारी दिएको छ। सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ।