मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका राजविराज
२०७८ कार्तिक ४ बिहीबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर एकै घरका चारजना गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
२०७८ कार्तिक ४ बिहीबार १४:१०:००

सप्तरीको राजविराज नगरपालिका– ६ मा करेन्ट लागेर एकै परिवारका चारजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै  घरको छतमा झुन्डिएको होर्डिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साहसहित उनकी ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजू राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन्।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।