मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७८ कार्तिक ४ बिहीबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो

Read Time : > 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ कार्तिक ४ बिहीबार ०६:२०:००

सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ। सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एकजनाको मृत्यु भएको छ। यस्तै, डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका– १ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका– ३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ। डोटीको  सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक–एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। 

सायल गाउँपालिका– ६ का १४ वर्षीय सागर कुन्जेडा, ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ। यस्तै, सोही गाउँपालिका– १ का ७४ वर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ। सायल गाउँपालिका–५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। 

जोरायल गाउँपालिका– ३ का ७३ वर्षीय जोगी सार्की, ६१ वर्षीया झुपरी सार्की, सोही गाउँपालिका– ४ का शेरबहादुर विक, मोहन विक, पवित्रा विक र सोही गाउँपालिका– १ का सचिन विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। शिखर नगरपालिका– ११ की ३५ वर्षीया मन्धरा बलायरको पहिरोसँगै खसेको ढुंगा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। यस्तै बोगटान फुड्सिल गाउँपालिका– ५ का चन्द्रा नेपालीको मृत्यु भएको छ। 

उता बझाङमा बाढीपहिरोले सातजनाको मृत्यु भएको छ। पहिरोमा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा पाँचजना र थलराका दुईजनाको मृत्यु भएको हो। खप्तड छान्ना गाउँपालिका– ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका– ५ का धनराज जोशीको पहिरोमा पुरिएर मृत्यु भएको खप्तडछान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहले बताए। पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव एक्स्काभेटर लगाएर निकालिएको थियो। यस्तै अविरल वर्षासँगै आएको पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुईजनाको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर, मृतकको सनाखत भने हुन सकेको छैन। 

गाउँपालिकाको वडा नम्बर ४ डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली नेपाली सेनाको हेलिकाेप्टरमार्फत डिख्ला पुगेको छ। पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका एक सय ४८ परिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। विस्थापित सात सयजना विद्यालयमा बसिरहेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारिले बताए।

उता बैतडीको शिवनाथ गाउँपालिका– ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका दुई बुहारी र एक नातिको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन्। बैतडीकै सूर्नया गाउँपालिका– ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ। 

यता कर्णाली नदीको बाढीका कारण कैलालीको टीकापुरमा एकजनाको ज्यान गएको छ। टीकापुर नगरपालिका– ८ कालिमाटीका करवीरे ढोलीको ज्यान गएको हो। सुदूरपश्चिममा अझै २५ जना बेपत्ता भएका छन् ।