१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १८:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १८:०८:००

प्रमुख सत्तारुढ दल कांग्रेसले अविरल वर्षाका कारण प्रभावितको उद्धार, राहत र  पुनर्स्थापनालाई प्रभावकारी बनाउन माग गरेको छ । कांग्रेसले विपद्को घडीमा प्रभावितको जीवनरक्षा, उद्धार र राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको हो। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई उपचारको व्यवस्था गर्न माग गरेका छन् । 

कांग्रेसले आफ्ना भ्रातृ संगठन र शुभेच्छुक संस्थालाई परिचालित भई उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउने कार्यमा जुट्न पनिआग्रह गरेको छ।