मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्षतिको  निरीक्षणका लागि प्रधानमन्त्री बिहीबार सुदूरपश्चिम जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १७:३४:००

प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाने भएका छन्। उनी बिहीबार निरीक्षणका लागि सुदूरपश्चिम जाने भएका हुन्। 

नेपाली कांग्रेसका नेता एनपी साउदका अनुसार प्रधानमन्त्री देउवाले बिहीबार बिहान सुदूरपश्चिमको क्षति निरीक्षणका लागि जाने तय गरेका हुन्। उनका अनुसार प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कांग्रेस केन्द्रीय सदस्यहरू साउद, रमेश लेखक र वीरबहादुर बलायरसमेत निरीक्षणका लागि जाने तय भएको छ।