मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ कार्तिक ३ बुधबार ०७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट कार्कीदम्पतीको मृत्यु     

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ कार्तिक ३ बुधबार ०७:४९:००

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक दम्पतीको मृत्यु भएको छ । गएराति जंगली हात्तीको बथानकाे आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीका स्थानीय  ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीया उनकी श्रीमती मथुरा कार्कीको मृत्यु भएको हो । 

शुक्लाफाँटा नगरपालिका– २ का वडाध्यक्ष शिवराज पनेरूले हात्तीले कुल्चिएर घरमै कार्कीदम्पतीको मृत्यु भएको बताए । गाउँमा हात्ती आएको हल्ला सुनेपछि कार्कीदम्पती घरबाट बाहिर निस्किएर भाग्न खोज्दा हात्तीको बथानले कार्कीदम्पतीमाथि नै आक्रमण गरेको वडाध्यक्ष पनेरूले बताए । 

‘एकातिर वर्षाले किसानलाई मारमा पारेको छ,’ ‘उनले भने, ‘अर्कातिर हात्तीको आतंक रोकिएको छैन ।’