मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार ०६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेमौसमी वर्षाले जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार ०६:११:००

आइतबार रातिदेखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो ।

नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुको साथै हावाहुरी पनि आएको छ । वर्षाले थन्क्याउने वेलाको धान नै पानीले डुबाएको छ । एक–दुई दिनमै धान भित्र्याउने वेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरू वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ ।

यो क्रम मंगलबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । मनसुन सकिने वेला बाढी–पहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरूले जलवायु परिवर्तनको असर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्याशित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरूले बताएका छन् ।