मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १ सोमबार १६:५०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा पुनः गिरावट, फाइनान्स  र जलविद्युत झनै  सुस्तायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १ सोमबार १६:५०:००

सेयर बजारमा पुनः  गिरावट आएको छ।  दसैँपछि खुलेको दोस्रो दिनमै बजार फेरि घटेको हो। आइतबार बढेको नेप्सले  लगानीकर्ताहरूलाई उत्साहित बनाए पनि  सोमबार बजार घट्दा लगानीकर्ता निराश बनेका छन्।

बजारको आगामी बाटोको अझै स्पष्ट संकेत देखिएको छैन। आइबार नेप्से दोहोरो अंकले बढ्दा नाफा बुक गर्न लगानीकर्ताहरू बसेका छन्। लगातार एकपछि अर्को कम्पनीहरूले  लाभांश  घोषणा गरेको अवस्थामा हतारिएर  सेयर बेचिहाल्ने पक्षमा पनि  लगानीकर्ताहरू छैनन्। बैंकमा ब्याजदरको समस्या पनि हल हुँदै गएको अवस्था छ। दसैँ अझै केही दिन बाँकी नै भएकाले लगानीकर्ताहरू खुलेर बजारतर्फ सोझिएका छैैनन् । त्यसैले पनि बजार उकालो लाग्न नसकेको लगानीकर्ताहरूको अनुमान छ।

सोमबार नेप्से २६ सयको बिन्दुुबाट ओरोलो लागेको छ। यसदिन नेप्से सूचक ६९.५१ अंकले घटेर दुई हजार पाँच सय ८७.४५ बिन्दु कायम भएको छ। कारोबारमा आउने १३ समूहको सूचकमा १२ समूहको सूचक नकारात्मक बन्न पुगेका छन् भने ट्रेडिङ समूहको सूचक मात्र झिनो अंकले  बढेको छ। आज सर्वाधिक गुमाउनेमा फाइनान्स, जलविद्युत्, विकास बैंकका लगानीकर्ता रहेका छन् भने माइक्रोफाइनान्स, जीवन बिमा समूहको सूचकमा पनि उच्च अंकको गिरावट आएको छ।

सो दिन घलेम्दी हाइड्रोपावर कम्पनी १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। युनाइटेड मोदी, कालिका पावर कम्पनी, युनिभर्सल  पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ। नेपाल हाइड्रो डेभलपर्स, हिमालयन पावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

कारोबारको हिसाबले पनि सेयर बजार सुस्त रहेको संकेत गर्छ। लगानीकर्ताहरूको सेयर खरिद बिक्रीको अवस्थालाई पनि केही विज्ञहरू बजारको समग्र ट्रेन्ड हेर्ने आधारका रूपमा लिन्छन्। यदि लगानीकर्ताहरू त्यसतर्फ आकर्षण छैनन् भने बजारको गति सुस्त हुन सक्छ ।

अघिल्लो दिन ढेड अर्ब रुपैयाँको  कारोबार भएकोमा  सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २१८ कम्पनीको  ८७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक  सेयर कारोबार हुने कम्पनीमा नविल बैंक रहेको छ। बैंकको  सो दिन ९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ  भने दोस्रो कारोबार हुने कम्पनीमा सानिमा  बैंक रहेको छ। बैंकको सो दिन ९ करोड ८१ लाख रुपैयाँको सेयर  खरिद  बिक्री भएको छ। त्यसैगरी, हिमालयन पावर, अपि पावर, नेपाल बैंकको ७ करोड रुपैंयाको सेयर कारोबार भएको छ ।

उच्च अंकले घटेको  बजारमा केही कम्पनीहरू भने  हरियाली बनेको छ। महालक्ष्मी विकास बैंक, एनआइसी एसिया सेलेक्ट फन्ड, सानिमा इक्युटी फन्ड, साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य झिनो अंकले  बढेको छ।