मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कावासोती
२०७८ कार्तिक १ सोमबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा बस पल्टिँदा ४२ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कावासोती
२०७८ कार्तिक १ सोमबार १४:२८:००

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्। आज बिहान १०ः३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौंका  लागि छुटेको लु.१ख ९४ ७६ नम्बरको बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–१०, अरुणखोला र दुम्कीवासबीचको जंगलमा बस अनियन्त्रित भएर पल्टिएको थियो। उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यबिन्दु जिल्ला अस्पताल र पाँचजनाको दुम्कीबासमा उपचार भइरहेको छ।  गिरीका अनुसार घाइते सबै खतरामुक्त रहेका छन्। रासस