१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज ३१ आइतबार २०:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राइनास नगरपालिका – ९ का वडाध्यक्ष थापाको निधन

Read Time : < 1 मिनेट
२०७८ असोज ३१ आइतबार २०:३२:००

लमजुङको राइनास नगरपालिका – ९ का वडाध्यक्ष  देवबहादुर थापाको निधन भएको छ। ६८ वर्षीय थापाको शनिबार दिउँसो १ बजे काठमाडौंको वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

कोरोना संक्रमणका कारण उपचाररत थापाको  रिपोर्ट  नेगेटिभ आइसकेपछि  उपचारकै क्रममा निधन भएको हो। उनी असोज २ गतेदेखि वीर अस्पतालमा उपचार गराइरहेका थिए। थापा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट राइनास नगरपालिका – ९ को वडाध्यक्षमा निर्वाचित भएका थिए।