मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ३१ आइतबार १६:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँको अवधिमा चितवनमा भएको दुर्घटनामा नौजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ असोज ३१ आइतबार १६:२३:००

चितवनमा दसैँको समयमा भएका दुर्घटनामा परी नौजनाको मृत्यु भएको छ। यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। सवारी दुर्घटना विशेष गरी भित्री सडकमा भएका र दुईपांग्रे सवारी सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादक पदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । 

तीव्र गति, क्षमताभन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको बताइएको छ। जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको थापाको भनाइ छ। चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको छ। रासस