Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी लण्डन
२०७८ असोज ३१ आइतबार १४:०३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा लगातार चौथो दिन ४० हजार बढीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
एजेन्सी लण्डन
२०७८ असोज ३१ आइतबार १४:०३:००

बेलायतमा लगातार चौथो दिन पनि ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ४३ हजार ४२३ जनामा यो संक्रमण देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। 

पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरूले सरकारी प्रयासका बाबजुत यहाँ कोरोनाबाट हुने दैनिक संक्रमणमा कमी नआएको बताएका छन् ।बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८४ लाख ४४ हजार नाघिसकेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण यहाँ १४८ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ। बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजा जना अझै पनि अस्पतालमै उपचाररत छन् ।