Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ३१ आइतबार ०८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षाका कारण मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ असोज ३१ आइतबार ०८:४२:००

शनिबार रातिको भीषण वर्षाका कारण मेलम्च– इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युमपाइप राखी मोटरबाटो बनाइएकोे थियो।

मोटरबाटोमा गएरातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए। उनले  मौसममा सुधार आउनेबित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए। यस्तै, मेलम्ची–दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीय दशरथ दनुवारले जानकारी दिए।

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए। असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युमपाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो। रासस