१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ३१ आइतबार ०७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

Read Time : < 1 मिनेट
२०७८ असोज ३१ आइतबार ०७:२६:००

म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुवात भएको छ। ट्रयाक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु. ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु. चार लाख ९५ हजार गरी कुल रु. ५३ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरिएको हो।  

वि.सं. ०६३ मा यो सडकको ट्रयाक खुलेको थियो। त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ। जिसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए।