मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
२०७८ असोज २९ शुक्रबार १०:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक स्थलमा मालसामान नराख्न आग्रह

Read Time : < 1 मिनेट
२०७८ असोज २९ शुक्रबार १०:४२:००

सर्वसाधारणलाई प्रतिकूल असर पार्ने कुनै पनि उपकरण वा निर्माण सामग्री सडक तथा सार्वजनिक स्थलमा नराख्न आग्रह गरिएको छ। चीनसँगको व्यापार व्यवसाय अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय राजमार्गसमेत भएका कारण भइराखेको संरचनामा अवरोधरहित बनाई सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय रसुवाले यस्तो आग्रह गरेको हो।

विद्युत् प्रवाह हुने तारको खम्बा अग्लो बनाउन र विभिन्न विकासका सञ्चालनमा प्रयोग हुने विद्युतीय उपकरण सुरक्षित स्थानमा राखी पहरा दिन सरोकारवाला निकायसमक्ष आग्रह गरिएको छ।

उत्तरी रसुवाको भोटेकोसीमा निर्माणाधीन १२० मेगावाट जलविद्युत् आयोजनाले प्रयोग गरेको ट्रान्सफर्मरको विद्युत् चुहावटले एक १२ वर्षीय बालक सख्त घाइते भएपछि यस्ता घटना दोहोरिन नदिन सबैखाले जोखिम न्यूनीकरणका लागि प्रहरीले सुरक्षाका थप कदम अगाडि बढाएको हो।

यसैगगरी सार्वजनिक स्थलमा कुनै पनि सामग्री नराख्न, सडक किनारमा सवारीसाधन पार्किङ नगर्न र यस्तै इजाजत प्राप्त गरेबमोजिमको चालक परिचालन गरेर मात्र सवारीसाधन चलाउनसमेत आग्रह गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए।