१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असोज २९ शुक्रबार ०८:४४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा ब्रह्मायणी जात्रा

Read Time : < 1 मिनेट
२०७८ असोज २९ शुक्रबार ०८:४४:००

विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा ब्रह्मायणी जात्रा हुन्छ। भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्छन्।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ। व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकांक्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास छ।

गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई नवमीका रातदेखि नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्याएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्‍याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु हुन्छ।

हेर्नुहोस् ब्रह्मायणी जात्राका तस्बिरहरू :