मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
२०७८ असोज २८ बिहीबार ०९:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देखिएन सारंगी, सुनिएन ‘मालश्री’

Read Time : > 1 मिनेट
२०७८ असोज २८ बिहीबार ०९:३१:००

दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ। गन्धर्व समुदायका युवा रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो। अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ। परम्परागत रूपमा गन्धर्व समुदाय सीमित रहेको यो पेसामा युवा पुस्ताको आकर्षण हुन नसक्दा संकटमा परेको हो। सारंगीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई मोहित बनाउँछ। 

तानसेन नगरपालिकाको बसपार्कका रामबहादुर गन्धर्व अहिले ७० वर्ष भए।  मालश्री गीत गाउन  पहिला रातिको तीन बजे नै जाने चलन थियो। मालश्री गीत गाउने युवा प्रशस्त हुने भए पनि अहिले कोही पनि भएकाले गन्धर्वको मन खिन्न छ। पहिलाजस्तो सारंगी बजाउने विशेष रुचि नहुँदा दसैँमा मालश्री र अन्य समय सारंगी बजाई गीत गाउने चलन हराएको हो।

मालश्री गीत गाउन उमेर जति पाको भए, सारंगी बजाउन रहर त्यति नै जागेको छ, तर बढेसकाल लागेकोले रहरले मात्र भएन, गाउँ बस्ती पुगेर गीत गाउन सकिँदैन। अहिले सारंगीको धुनसँगै गीत गाउने क्षमता भएका जिल्लाकै एउटा पात्र रामबहादुर गन्धर्व मात्र हुन्। गन्धर्व जातिमाथि अपमान र छुवाछुतकै कारण युवा पुस्ता यो पेसाबाट विस्थापित भएका छन्। युवा पुस्ता सारंगी बजाउने पेसामा आकर्षित हुन सकेको छैन।

सारंगीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो। सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारंगी मानिन्थ्यो। अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ। गन्धर्व जातिकोे बस्ती रहेको युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत बजाउने पेसा संकटमा परेको हो। नेपाली मौलिक लोकबाजा र लोकसंस्कृतिको झल्को सारंगी रेटेर गीत गाउँदा आउने गर्छ।

गैरदलित समुदायले गीत गएर ठूला महलदेखि सवारीसाधन किन्न सक्ने स्थिति हुने, गन्धर्व जातिले गीत गाउँदा जीविकोपार्जनमा समस्याले युवाको आकर्षण हुन नसकेको गन्धर्व टोल विकास समितिका पूर्वअध्यक्ष दिनेश गन्धर्व बताए। तानसेन नगरपालिकासहित रम्भा र रिब्दिकोट गाउँपालिकामा गन्धर्व जातिको बसोवास छ। गीतसंगीतमा यसको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ। रासस