१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७८ असोज २८ बिहीबार ०७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ असोज २८ बिहीबार ०७:५९:००

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ। नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परे पनि उग्रतारामा भने आज मात्रै अष्टमी मनाइने भएको हो।

अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ । घटस्थापनादेखि गन्तीका हिसाबले आठौँ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले आज मात्रै अष्टमी मनाइने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष  तेजबहादुर  साँकीले बताए। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका– ८ को महकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्।