१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २६ मंगलबार ०७:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘सुरक्षित दसैँ मनाऔँ’ भन्ने नाराका साथ सिभिल बैंकको समाजसेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २६ मंगलबार ०७:३३:००

सिभिल बैंक लिमिटेडले दसैँको अवसर पारेर ‘सुरक्षित दसैँ मनाऔँ’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ । 

दसैँको नवाैँ दिन अर्थात् नवमीमा भक्तजनहरूको मन्दिरहरूमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्र्दैै बैंकले काठमाडौँको तलेजु भवानी, काल भैरव, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिरपरिसरमा फेसमास्क तथा स्यानिटाइजर वितरण गर्ने भएको हो ।

यसले बडादसैँमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताएका छन् ।