१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २५ सोमबार १०:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाई गाडीका लागि राजमार्गमा निःशुल्क चेकअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २५ सोमबार १०:०४:००

नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँको अवसर पारेर ‘हुन्डाई हाइवे इन्स्योरेन्स’अन्तर्गत हुन्डाई गाडीहरूका लागि फ्री चेकअप क्याम्प आयोजना गरेको छ । कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानमा फ्री चेकअप क्याम्प स्थापना गरेको हो । 

दसैँमा आफ्ना परिवारजन तथा इष्टमित्रहरूसँग मनाउने उद्देश्यले हुन्डाई गाडीमा घर फर्कंदै गरेका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको यस फ्री चेकअप क्याम्पमा ग्राहकहरूले आफ्नो गाडीको फ्री चेकअप गराउन सक्ने जनाइएको छ । यसका साथै आवश्यक लुब्रिकेन्ट तथा कुलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । 

यो योजनाअन्तर्गत कम्पनीले बिर्तामोडको काँकडभिट्टा रोड, इटहरीको मिलन चोक, कुरिनटारको सिरिन हाइवे, भरतपुरको बालमन्दिर चोक, बुटवलको चौराहा, नेपालगन्जको कोहलपुर चोक, धनगढीको अत्तरिया चोक, वीरगन्जको पथलैया चोक र हेटौँडाको बाइपास चोकमा क्याम्प राखिएको कम्पनीले जनाएको छ । क्याम्प असोज २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।