Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज २५ सोमबार ०७:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्याङ्जामा जिप दुर्घटना, दुईको मृत्यु, १७ घाइते

Read Time : < 1 मिनेट
२०७८ असोज २५ सोमबार ०७:३४:००

स्याङ्जाको वालिङ नगरपालिका– १० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्याङ– १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली छन् । वालिङबाट गल्याङको लाखुडाँडा जाँदै गरेको ग.१ज ४९१८ नम्बरको जिप कच्ची सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले घाइते दुवैको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । दसैँको वेला वालिङ बजारबाट गाउँतर्फ फर्केका धेरैजसो एउटै वडाका बासिन्दा परेका छन् ।

बसको ठक्करबाट बालकको मृत्यु

भरतपुर महानगरपालिका– ७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको ना.१प १२८४ नम्बरको बसले आठ वर्षका बालकलाई ठक्कर दिएको थियो । बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् । बालकको सनाखत हुन सकेको छैन ।